एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल 'एक चीन नीति' को पक्षमा सधैँ उभिने बताउनुभएको छ ।
आज बिहीवार राष्ट्रपति भवन शीतल निवाशमा सी चिनपिङ: चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपाल एक चीन नीतिमा सधैँ उभिएको बताउनुभएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र देश चीनका जायज चासो र सरोकारप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पार्नुभएको छ ।
कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै यस क्षेत्रमा दुई देशबीचकाे साझेदारीलाई थप सघन तुल्याउनुपर्ने सुझाव दिनुभएको छ ।
राष्ट्रपति भण्डारीले विश्वव्यापी महामारीका रूपमा देखिएको कोभिड–१९ विरुद्धको खोपलाई विश्व समुदायको सार्वजनिक सेवामा उपलब्ध गराउने र आर्थिक रूपमा सर्वसुलभ बनाइ सबैको पहुँच सुनिश्चित गर्ने चिनियाँ राष्ट्रपति सीकाे मानवतावादी प्रतिबद्धताबाट नेपाललगायत विश्वका धेरै देश लाभान्वित भएको भन्दै चिनियाँ नेतृत्वको उच्च प्रशंसा गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच परापूर्वकालदेखि नै मैत्रीपूर्ण घनिष्ट सम्बन्ध रहिआएको बताउनुभयो । उहाँले भूगोल र प्रकृतिले नेपाल र चीनलाई एक–अर्कासँग निकट बनाएकाे उल्लेख गर्दै दुई देशलाई महान् बौद्ध सभ्यताको साझा विरासतले आपसमा जोडेको बताउनुभयो ।
राजदूत यान्छीले दुवै देशका लागि पारस्परिक मित्रता एवम् विकासमा विकसित भएको साझेदारीलाई महत्त्वपूर्ण रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।