एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सिस्नुसँग तुलना गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारलाई जता छोयो त्यतै पोल्ने सिस्नुजस्तै भएको टिप्पणी गर्नुभएको हो ।
नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीले आज बिहीवार काठमाण्डाैमा आयोजना गरेको वृहत् भेलामा बोल्दै उहाँले भन्नुभयो, ‘कस्तो सरकार आयो आयो– सिस्नु जस्तो । जता छोयो त्यतै पोल्छ । अर्को चुनावमा तातोपानी लगाएर ठिक पार्नुपर्छ ।’
अध्यक्ष ओलीले राजनीतिक शटर बन्द हुने भएपछि आफू नेतृत्वको सरकारलाई हटाउने काम गरिएको दाबीसमेत गर्नुभयो । एमाले नेतृत्वको सरकार दुई वर्ष टिकेको भए बिचाराहरूको सटर बन्द हुने भएपछि आफूलाई सरकारबाट हटाउनुपरेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले आफूले बनाइदिएको बालुवाटारको नयाँ प्रधानमन्त्री निवासमा प्रधानमन्त्री देउवा सर्न लागेकोमा आफूलाई खुसी लागेको प्रतिक्रिया पनि दिनुभयो ।
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको पार्टीलाई माके र माधवकुमार नेपाल नेतृत्वको पार्टीलाई माने पार्टीको संज्ञा दिँदै राष्ट्रिय एकतामा फाेटो ल्याउने गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘माके पार्टी, माने पार्टी हेर्नुस् । यी पार्टीले राष्ट्रिय एकताको नभइ फाटोको खेती गर्छन् । राष्ट्रियताको मतलब छैन । सम्प्रभुता, राष्ट्रिय एकताको मतलब छैन । स्वाधीनताको मतलब छैन । भौगोलिक अखण्डताको मतलब छैन । राष्ट्रिय हितको मतलब छैन । राष्ट्रिय स्वाभिमानको मतलब छैन । तर त्यसलाई धुजाधुजा पार्ने खेती गरिएको छ । मलाई कुनै कमेन्ट गर्नु छैन । अघि माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारी अलि ठाउँ भरिएको छैन क्यारे । खोज्दै हुनुहुन्छ उहाँहरू कोही बिकाउको माल छ कि । कसैलाई तान्न सकिन्छ कि । यो पद दिन्छु भनेर तान्न सकिन्छ कि । खोज्दै हुनुहुन्छ तर त्यो पूरा भएको छैन । हाम्रो राजनीति त्यस्तो होइन । राजनीतिक आन्दोलनलाई विभाजित गर्ने होइन । देशलाई एकताबद्ध गर्ने राजनीति हो ।’
अध्यक्ष ओलीले आउँदाे मङ्सिरभित्र पनि वर्तमान सरकारले पूर्णता पाउन नसक्ने दाबीसमेत गर्नुभयो । उहाँले सत्ताको दुरुपयोग गरेर आफ्नो पार्टी निकट कर्मचारी सङ्गठन, विद्यार्थी सङ्गठन, युवा सङ्गठनहरूको कार्यालय कब्जा गर्ने प्रयास भइरहेको भन्दै आपत्तिसमेत जनाउनुभयो ।
अध्यक्ष ओलीले मदन भण्डारीकी छोरी उषाकिरण भण्डारीलाई पदक दिएको भनेर सत्ता पक्षले बिलकुलै झुट बालेको पनि स्पष्ट पार्नुभयो । आफूले मदन भण्डारीलाई मरणाेपरान्त दिएको मेडल छोरी उषाकिरणले लिएको भए पनि त्यसमा भ्रममा छर्ने प्रयास गरिएकोमा उहाँको आपत्ति छ ।
अध्यक्ष ओलीले माधव नेपालको पार्टीलाई पदाधिकारी पार्टीको रूपमा चित्रण गर्नुभयो । फुटेपछि माधव नेपाल नेतृत्वको पार्टी एकीकृत भएको अध्यक्ष ओलीको व्यङ्ग्य थियो । उहाँले आफू नेतृत्वको सरकारले नियुक्त गरेका राम्रा राजदूतहरूलाई फिर्ता बोलाउने काम सरकारले गरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।