नाेट कसरी जतन गर्ने भन्नेबारे बैंक तथा वित्तीय संस्थाले चेतनामूलक सामग्री टाँस्नुपर्ने

 असोज ७, २०७८ बिहीबार २०:३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अबदेखि हरेक बैंक तथा वित्तीय संस्थाले सटही काउन्टरमा नोटको जतनसम्बन्धी जनचेतनामूलक सूचना टाँस गर्नुपर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले आज बिहीवार एक सूचना निकालेर बैंक तथा वित्तीय संस्थाको सटही काउन्टरमा सेवा लिन आउने सर्वसाधारणले स्पष्ट देख्ने गरी नोटको हिफाजतपूर्ण तरिकाले प्रयोग गर्नेसम्बन्धी सूचना टाँस्न निर्देशन दिएको छ । 

सूचनामा नोट सबैको सम्पत्ति र सभ्यताको प्रतीक भएकाले यसलाई सफा राख्न अनुरोध गरिएको छ । यस्तै ‘नोटलाई जतनसाथ प्रयोग गरौँ, मनी ब्यागको प्रयोग गर्ने बानी बसालौँ, कारोबारको भुक्तानीमा सकेसम्म विद्युतीय माध्यम, कार्ड वा ई–वालेटको प्रयोग गरौँ’ भन्ने व्यहोरा उल्लेख हुनुपर्नेछ । 

यस्तै ‘नोटमा स्टिचको प्रयोग नगरौँ, भुक्तानी कारोबारमा जाली वा शङ्कास्पद नोटहरू पाइएमा नजिकैको राष्ट्र बैंकमा वा अन्य बैंकमा खबर गरौँ, नोटमा रङ्ग, पानी, दूध, रगतलगायत नपारौँ’ लगायतका सचेतना जगाउने काम गर्न विभागले आग्रह गरेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया