पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खस्यो : एक जना घाइते, तीन जना बेपत्ता

 असोज ८, २०७८ शुक्रबार ७:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - काठमाण्डौबाट पोखरा जाँदै गरेको कार त्रिशूली नदीमा खसेको छ । गएराति पौने २ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ मा रहेको नाग्दी खोलाबाट ग २ च ४९१८ नम्बरको कार त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कारमा रहेका पोखरा महानगरपालिका १७ बस्ने ४६ वर्षीय रुद्रलाल सुवेदी घाइते हुनु भएको  छ । उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । कारमा रहेका अरु तीन जना भने बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका-१७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, ५५ वर्षका लेखबहादुर भुजेल र उहाँकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हराएकाहरुको बिहानैदेखि खोजी भइरहेको छ । कार अनियन्त्रित भएर नदीमा खसेको चितवन प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया