तीन वर्षदेखि नजरबन्दमा रहेकी हुवावेकी कार्यकारी वानजाउलाई क्यानडाले रिहा गर्यो

 असोज ९, २०७८ शनिबार ९:४४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - चिनियाँ प्रविधि कम्पनी हुवावेकी कार्यकारी प्रमुख मेङ वानजाउलाई क्यानडाले रिहा गरेको छ ।

अमेरिकाले ठगीको आरोप लगाउँदै पक्राउ गर्न अनुरोध गरेपछि क्यानडाले सन् २०१८ को डिसेम्बरमा वानजाउलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । तर पुनरावलोकनको निवेदनमा सुनुवाइ गर्दै अमेरिकी अदालतले वानजाउलाई रिहा गरेपछि उहाँ क्यानडाबाट विशेष विमानमार्फत चीन प्रस्थान गरेको बीबीसीले जनाएको छ ।

अमेरिकाको आग्रहमा हुवावेकी कार्यकारीलाई पक्राउ गरेर जेल चलान गरेपछि रुष्ट बनेको चीनले दुई जना क्यानडेली नागरिकलाई पक्राउ गरेर हिरासतमा राखेको थियो । तर पछिल्लो समय चीन र क्यानडाका अधिकारीबीच भएको बैठकले विवाद कम गर्दै लैजाने सहमति गरेपछि चीनले पनि क्यानडाका दुई जना नागरिकलाई रिहा गरको छ ।

उनीहरु आजै स्वदेश फर्कनेछन् । हुवावेकी कार्यकारीलाई क्यानडाले पक्राउ गरेको र दुई जना क्यानेडेली नागरिकलाई चीनले पक्राउ परेको विषयले उत्कर्षमा पुगेको अमेरिका, क्यानडा र चीनको सम्बन्धमा अब सुधार आउने अपेक्षा गरिएको समाचार संस्था एएफपीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया