दशैँ तिहारलाई लक्षित गरी काठमाण्डाैमा ६० हजार खसीबोका ल्याइँदै

 असोज ९, २०७८ शनिबार १२:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - दशैँ तिहारलाई लक्षित गरेर यसवर्ष काठमाण्डौ उपत्यकामा ६० हजार खसीबोका ल्याइने भएको छ ।

काठमाण्डौ उपत्यकामा हुने मासुको खपत आकलन गरी पशुसेवा विभाग र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्र्याउने तयारी थालेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका र एक हजार च्याङ्ग्रा उपत्यकामा भित्र्याउने निर्णय गरेको भए पनि च्याङ्ग्रा भने ल्याउन नसकिने जनाएको छ ।

कम्पनीले दाङ र हेटौँडाबाट दुई हजार खसीबोका ल्याउने तयारी गरेको कम्पनीका नायब महानिर्देशक श्रीमणि खनालले जानकारी दिनुभयो ।

एक हजार च्याङ्ग्रा ल्याउन कम्पनीले पहल थाले पनि उपल्लो मुस्ताङमा च्याङ्ग्रा उत्पादन कम भएको र चीनको नाका भएर ल्याउनु पर्ने भएकाले यस वर्ष सम्भव नभएको खनालले जानकारी दिनुभयो ।

घटस्थापनाको दुई दिन अघि मात्र मूल्य कायम गरी बजार मूल्यभन्दा सहुलियत मूल्य तोकेर त्यसमा समेत प्रतिकिलोग्राम १० रुपैयाँ छुट गरी बिक्री गर्ने कम्पनीले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया