घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – सरकारले देशभर लागू हुने गरी सार्वजनिक यातायातमा नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमातहतको यातायात व्यवस्था विभागले देशभर नयाँ भाडादर कार्यान्वयनमा आएको जनाएको हो ।
विगतमा सार्वजनिक गाडीको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी निर्धारण गरिएको विभागले उल्लेख गरेको छ । अहिले पेट्रोल र डिजलको मूल्यसमेत बढेको छ ।
भाडा निर्धारण गर्दा अन्य सूचकलाई यथावत राखी ‘क्याल्कुलेसन चार्ट’मा इन्धनको सूचकलाई मात्र अहिलेको मूल्यको आधार लिइ प्रचलित भाडादरमा वृद्धि गरिएको विभागले उल्लेख गरेको छ । छोटो, मध्यम र लामो दूरीको छट्टाछुट्टै भाडादर कायम गरिएको छ ।
नयाँ भाडादरअनुसार काठमाण्डौबाट इलाम जाने यात्रुले एक हजार ६ सय ९१ रुपैयाँ भाडा तिर्नुपर्नेछ । काठमाण्डौबाट काँकडभिट्टा जानका लागि एक हजार ४ सय ७० रुपैयाँ भाडा लाग्ने भएको छ।
विभागले देशभरका कुल २ सय ८६ रुटको भाडादर समायोजन गरेको छ । विभागले यात्रुवाहक यातायातमा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २६ प्रतिशत भाडा बढाएको छ ।
सूची :
;
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामकुमारी भट्टराई नेपाल धनकुटा बाट हो।
Sept. 25, 2021, 1:23 p.m.जता बाट नि जनताको ढाड थिलथिलाउन बेहेक अरु केही नजान्दोरछ नेपालको सरकार ले।किनकी चाडपर्व नजिकिदै गर्दा सार्बजनिक यातायात मा भाडा दर वृद्धि गर्नुनै गरिब निमुखा जनताको घरमा चुलो धुवाउन बाट बन्चित गर्नु चाडपर्व नै नआउनु होइनर नेपाल सरकार????😭😭😭😭😭😢