‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु : नेता सिंह

 असोज ९, २०७८ शनिबार १५:५:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।

नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पार्नु भयो । नेपाली कांग्रेस काठमाण्डाै महानगरपालिका वडा नम्बर १७ ले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिंग अवस्थामा पुगेको बताउनुभयाे । यस्तै उहाँले १४ महाधिवेशनले पनि पुरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषदको जस्तै हुने चेतावनी समेत दिनुभयो ।

उहाँले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको पनि पटक पटक दोहोर्‍याउनुभयो । नेता सिंहले आफूले लामो समयदेखि पार्टीको दोस्रो तहमा रहेर काम गरिसकेकाले पनि अब सभापति भएर काम गर्न चाहेको बताउनुभयो ।

‘अवसर पाएर पनि काम गर्न नसक्ने नेताहरुलाई राख्न मिल्दैन । अवसर पाएका बेला काम नगरेको र पार्टीको जुन लथालिंग अवस्था छ, यदि हामीले  १४ औं महाधिवेशनमा पनि पार्टीलाई ठिक नेतृत्वको हातमा सुम्पन सकेनौ भने यो पार्टी प्रजापरिषदको बाटोमा जान धेरै दिन लाग्दैन ।' उहाँले भन्नुभयाे, 'मैले अनुभव बोकेको छु, देखेको छु । पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि ‘नम्बर वान म्यान’ नै हुनुपर्ने रहेछ भन्ने मैले आफ्नो अनुभवबाट कन्क्लुजन ड्र गरेर अब चाँही ‘नम्बर वान म्यान’ भएर नेपाली कांग्रेस पार्टीलाई संस्थागत गर्छु भनेर लागि रहेको छु ।’ 

नेता सिंहले आफूले उपसभापति, महामन्त्री भएर पार्टीमा काम गरिसकेकाले पनि अब सभापतिमा उम्मेदवारी दिने योजना बनाएको तर्क समेत गर्नुभयो । उहाँले आफूले नेतृत्व लिएपछि पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने बताउनुभयो । नेता सिंहले पार्टी नेतृत्वले १४ औं महाधिवेशनको मिति फेरि पनि सार्ने षडयन्त्र गरिरहेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । 

अन्तिम अपडेट: फागुन १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया