खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा काठमाण्डौ किङ्स इलाभेनले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा काठमाण्डौले ललितपुरलाई ७ विकेटले हराएको हो ।
साविक विजेता ललितपुर प्याट्रीयट्सले दिएको १ सय ५८ रनको लक्ष्य काठमाण्डौ १४ ओभर २ बलमा ३ विकेट गुमाएर भेट्टायो । काठमाण्डौका लागि रायन बर्ल र रहमान उल्लाह गुर्बाजले अर्धशतकीय पारी खेले । बर्लले अविजित ७३ रन र गुर्बाजले ५९ रन जोडे ।
काठमाण्डौका सुवास खकुरेल शून्य र अमित श्रेष्ठ ४ रनमा आउट भए । ललितपुरका पवन सर्राफले एक विकेट लिए । कीर्तिपुर मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । ललितपुरका सर्राफले ६१ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोडे । काठमाण्डौका जितेन्द्र मुखियाले ४ विकेट लिए । रायन बर्ल र गुलशन झाले २/२ विकेट लिए ।
कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन दिए भने शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट आजदेखि सुरु भएको हो । ६ टिमले खेल्ने प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख पाउनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।