ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - युरोपियन देश जर्मनीमा आज आमचुनाव हुँदैछ । चान्सलरका लागि तीन जना उम्मेदवार प्रतिस्पर्धामा छन् । एङ्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियनका आर्मिन ल्यानसेट, फ्री डेमोक्रेटिक पार्टीका क्रिस्टियन लिन्डनर र ग्रिन पार्टीकी एनालिना बेरबोकबीच प्रतिस्पर्धा हुन लागेको हो ।
सन् २००५ देखि लगातार १६ वर्षसम्म शासन गरेकी ६७ वर्षीय मर्केलले यसअघि नै यो चुनावमा नलड्ने बताउनुभएको थियो । मर्केलको उत्तराधिकारी छान्ने भएकाले यो चुनावलाई निक्कै महत्त्वका साथ हेरिएको छ ।
युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको जर्मनीका लागि यो चुनाव एक अर्को युगको सुरुवात हुने समाचार संस्था रोयटर्सले जनाएको छ । जर्मनीमा ६ करोडभन्दा बढी मतदाता छन् । त्यहाँ प्रत्यक्ष र समानुपातिक गरी मिश्रित चुनाव प्रणाली छ ।
जर्मनीको तल्लो सदनमा ५ सय ९८ जना सदस्य चयन गर्नेछन् । तिनै सदस्यले बहुमतको आधारमा जर्मन चान्सलर चुन्नेछन् । तल्लो सदनमा स्पष्ट बहुमत प्राप्त नभए गठबन्धनको सरकार बन्नेछ । निर्वाचनको परिणाम आजै आउनेछ । मर्केल विश्वका शक्तिशाली व्यक्तिको सूचीमा समेत पर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।