६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ । आज आइतवार भएको पहिलो खेलमा चेन्नईले कोलकातालाई दुई विकेटले हराएको हो । कोलकाताले दिएको एक सय ७२ रनको लक्ष्य चेन्नईले पूरै ओभर खेल्दै आठ विकेटको क्षतिमा भेटाएको हो ।
चेन्नईका लागि फाफ डु प्लेसीले ४३, रुतुराज गायकवडले ४०, मोइन अलीले ३२ र रविन्द्र जडेजाले २२ रन बनाए । बलिङतर्फ कोलकाताका सुनील नराइनले तीन विकेट लिए ।
यसअघि आबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७१ रन बनायो । कोलकाताका लागि राहुल त्रिपाठीले ४५, नितिश रानाले ३७, दिनेश कार्तिकले २६ र आन्द्रे रसेलले २० रन बनाए । बलिङतर्फ चेन्नईका जोश हेजलवूड र शार्दूल ठाकुरले दुई–दुई विकेट लिए ।
याे जितसँगै चेन्नई अङ्क तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । १० खेलमा १६ अङ्क जाेड्दै चेन्नई शीर्ष स्थानमा पुगेकाे हाे । उति नै खेलबाट उति नै अङ्क बनाएकाे दिल्ली क्यापिटल्स नेट रन रेटका आधारमा दाेस्राे स्थानमा छ । काेलकाताकाे भने १० खेलमा आठ अङ्कमात्र छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।