च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - आईएमईले पर्व लक्षित दशैँ डबलको डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ ।
सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत नतिजा सार्वजनिक गर्दा केशव दमाई र विशाल अधिकारी विजेता घोषित हुनुभएको कम्पनीले जनाएकाे छ ।
गएकाे शुक्रवार आयोजित फेसबुक लाइभ मार्फत नजिता सार्वजनिक गरिएको थियो ।
उहाँहरूले संयुक्त अरब इमिरेट्स (यूएई) र कतारबाट अफर अवधिमा ४१ हजार ५०७ र ४८ हजार २० रुपैयाँ नेपालमा रहेका आफन्तलाई पठाउनु भएको थियो । अफर अनुसार आईएमईले उहाँहरुका आफन्तलाई ८३ हजार १४ र ९६ हजार ४० रुपैयाँ उपहार स्वरुप दिएकाे छ ।
आईएमईले पर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर असाेज १ गतेदेखि कार्तिक २६ सम्म कायम हुने गरी कुल ५७ दिनका लागि ल्याएकाे छ ।
अफर अनुसार विदेशबाट पठाइएको रकम आईएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा 'आईएमई पे'मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल, हरेक महिना दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबलको डबल (चौगुणा) प्रदान गर्ने याेजना रहेकाे छ ।
यस्तै बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको आठ गुणासम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने याेजना रहेकाे छ । 'आईएमई पे'मा रकम प्राप्त गर्दा २ सय रुपैयाँ थप बोनसको व्यवस्था मिलाइएको छ ।
अफर अवधिमा भाग्यशाली विजेता छनाेटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । कम्पनीले सेवा र सर्तअनुसार भाग्यशाली विजेताको छनाेट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गर्नेछ ।
आईएमईका संस्थापक, आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आईएमईका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर) तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने छन्।
सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटेन्स कारोबार गरेको भौचरको सक्कलप्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्ने कम्पनीले जनाएकाे छ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्नु हुने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न सकिने भएकाे छ ।
योजनाको सर्वाधिकार सम्बन्धित कम्पनीमा नै निहित हुनेछ । कम्पनीले सञ्चालन गरेको आधिकारिक वेभ पेज, सामाजिक सञ्जाल पेज, आमसञ्चार माध्यम, सहकार्यमा रहेका व्यावसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत नतिजा सार्वजनिक गर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।