युरोपको इतिहासमै पहिलो पटक आइसल्यान्डको संसदमा महिला सांसदको बहुमत

 असोज ११, २०७८ सोमबार ११:२१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डकाे संसदमा महिला सांसदको बहुमत हुने भएको छ ।

नयाँ संसदमा आधाभन्दा धेरै सिटमा महिला सदस्य विजयी भएका छन् । आइसल्यान्डको संसद्का ६३ सिटमध्ये ३३ सिटमा महिला विजयी भएका बीबीसीले जनाएको छ । आइसल्यान्डको संसदमा महिलाका लागि कुनै आरक्षण सिट छैन ।

विश्व बैंकका अनुसार अहिलेसम्म अन्य कुनै पनि युरोपेली देशमा ५० प्रतिशतभन्दा बढी महिला कानुन निर्माण गर्ने तह संसदमा पुगेका छैनन् । यस पहिले स्वीडेनमा ४७ प्रतिशतको नजिक महिला सांसदको प्रतिनिधित्व बनाउन सफल भए पनि यो रेकर्डलाई आइसल्यान्डले तोडिदिएको छ ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया