घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – ल्याण्डिङ गियरमा समस्या हुँदा विराटनगरका लागि उडेको बुद्ध एअरको जहाज आज सोमवार बिहान काठमाण्डौ फर्काएर दुई घण्टा आकाशमा होल्डिङ गरेपछि सुरक्षित अवतरण भयो । बुद्ध एअरले विराटनगरमै जहाजको ल्याण्डिङ गियर खुले पनि सुरक्षाका लागि काठमाण्डौमा ल्याएर अवतरण गर्नुपरेको जनाएको छ ।
बुद्ध एअरले विज्ञप्तिमार्फत भनेको छ, ‘जहाजमा ल्याण्डिङ गियरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ, जसअनुसार प्राइमरी इण्डिकेटरमा सङ्केत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । यसरी सेकेण्डरी इण्डिकेटरमा रातो बत्ती बलेको अवस्थामा पनि ल्याण्डिङ गियर खुलेकै मानिन्छ । सुरक्षामा शून्य सहनशीलताअनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाण्डौ फर्काउने निर्णय गरे ।’
काठमाण्डौको आकाशमा जहाज आइसकेपछि क्याप्टेनले बुद्ध एअरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर जाँच गर्दा सही र झरेको अवस्थामा पाइएपछि सुरक्षित साथ जहाजलाई नर्मल अवतरण गराइएको बुद्ध एअरले जनाएको छ ।
जहाजलाई सुरक्षित अवतरण गराउन विमानस्थलमा दमकल, एम्बुलेन्स, उद्धारकर्ताको उपस्थितिलगायत विभिन्न तयारी गरिएको थियो । जहाजको ल्याण्डिङ गियर नखुलेको अवस्थामा आकाशमै घुमाएर इन्धन सक्ने र धावनमार्गमा फम बिच्छाएर अवतरणको तयारी गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
जहाज सकुशल अवतरण भएपछि पाइलट, यात्रु, बुद्ध एअरका कर्मचारीलगायत सबैले खुसी व्यक्त गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।