ललितपुरमा विशेष कला प्रदर्शनी

 असोज ११, २०७८ सोमबार १६:१४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – पर्यटन दिवसको अवसरमा ललितपुरमा विशेष कला प्रदर्शनी सुरू भएको छ । ललितपुर महानगरपालिका हस्तकला प्रवर्द्धन समिति र पर्यटन प्रवर्द्धन समिति वडा नं ६ को आयोजनामा ओकुबहालमा विशेष कला प्रदर्शनी सञ्चालन भएको हो ।

विशेष कला प्रदर्शनीमा दिवङ्गत भइसकेका सिद्धहस्त तथा मूर्धन्य कलाकारहरूको दुर्लभ शास्त्रीय कला, ६० वर्षभन्दा माथिका वरिष्ठ कलाकारहरूको शास्त्रीय कलाकृति तथा लोपोन्मुख दैनिक जीवनसँग प्रेरित रेखा चित्रकला राखिएका छन् ।

लोपोन्मुख प्रविधि, पाैराणिक ऐतिहासिक कला, संस्कृति, एवम् जीर्ण सम्पदाहरूको संरक्षण तथा विकास योजना तर्जुमा गर्नका लागि सहयोग होस् भनेर मेलाको आयोजना गरिएको मेलाका प्रचार प्रसार संयोजक तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ धर्मराज शाक्यले बताउनुभयो।

आज सोमवार सुरु भएको कला प्रदर्शनी पर्सि बुधवारसम्म चल्नेछ ।  

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया