आईपीएलमा हैदराबादको दोस्रो जित : राजस्थान ७ विकेटले पराजित

 असोज १२, २०७८ मंगलबार ६:४८:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ ।

दुबईमा गएराति भएको खेलमा हैदराबादले राजस्थानलाई ७ विकेटले हराएको हो । यो जितसँगै हैदराबादले आईपीएलमा दोस्रो जित निकालेको छ । राजस्थानले दिएको १ सय ६५ रनको लक्ष्य हैदराबादले १८ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो ।

हैदराबादका जासन रोय र केन विलियम्सनले अर्धशतकीय पारी खेले । रोयले ६० रन तथा कप्तान विलियम्सनले अविजित ५१ रन जोडे । राजस्थानका मुस्ताफिजुर रहमान, चेतन शाकरिया र महिपाल लोम्रोरले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो । राजस्थानका कप्तान सञ्जु सामसनले ८२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । हैदराबादका सिद्धार्थ कउलले दुई विकेट लिए ।

अङ्कतालिकामा पुछारमा रहेको हैदराबादको १० खेलमा ४ अङ्क छ ।  समान खेलमा ८ अङ्क जोडेर राजस्थान छैटौं स्थानमा छ ।
 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया