घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - केही दिनयता मनसुन निष्क्रिय भएसँगै पानी पर्न कम भएको छ। केही दिनदेखि लगातारको झरी परेको छैन भने ठूलो वर्षा पनि भएको छ । तर, लगातार झरी नपरे पनि पहिरोको जोखिम भने कायमै रहेको मौसमविद् बताउँछन्।
मौसमविद् राजु प्रधानाङ्गकाअनुसार यसपालि औसतभन्दा धेरै वर्षा भएकाले अहिले पानी नपरे पनि पहिरोको जोखिम भने उच्च छ। यसअघिकै वर्षाले जमिन गलिसकेकाले ठूलो वर्षा नभए पनि पहिरो जाने खतरा भने छ ।
अहिले पनि देशका केही ठाउँमा दिउँसो पछि पानी परिरहेकाले पहिरो जाने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिले पानी नपरेका ठाउँमा पनि सुख्खा पहिरो जान सक्ने उहाँले बताउनुभयो । यस्तै, आज पनि देशका केही ठाउँमा दिउँसो पछि मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् ।
आज देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली हुने पनि मौसमविद्ले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।