चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ । त्यस्तै पद्मश्री साधना सम्मान गायक तथा सङ्गीतकार भक्तराज आचार्यलाई दिइने भएको छ । खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिनु भएको थियो ।
मोक्षभूमि उपन्यासमा लेखक तथा राजनीतिक सामाजिक अभियन्ता केशव दाहालले आज भन्दा झण्डै सात सय वर्ष पुरानो मध्ययुगीन सिञ्जा खस साम्राज्यमा रहेको मानव सभ्यतालाई मैलो बनाउने दासहरुको मुक्तिको गाथा र गरिमालाई चित्रण गर्नु भएको छ ।
त्यस्तै पद्मश्री साधना सम्मान तीसको दशकदेखि सुगम गीतसङ्गीत तथा भजन गायनमा महत्त्वपूर्ण योगदान पुर्याएका गायक तथा सङ्गीतकार भजन शिरोमणि भक्तराज आचार्यलाई दिइने निर्णय गरिएको छ ।
गायक तथा सङ्गीतकार आचार्यले १६ वर्षको छोटो अवधिमा दर्जनौँ कालजयी सिर्जना गर्नु भएको छ । क्यान्सर रोगका कारण जिब्रो काटिएपछि आचार्यको गायनयात्रामा पूर्णविराम लागेको छ। पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवैको राशि तीन/तीन लाख रुपैयाँको रहेको छ ।
२०६३ सालदेखि प्रतिष्ठानले नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ । त्यस्तै २०६७ सालदेखि साहित्य, कला, सङ्गीत, अभिनय आदि क्षेत्रमा दीर्घ साधना गर्नेे वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान दिँदै आएको छ ।
दुवै सम्मान तथा पुरस्कार हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन दिने आएकोमा यसपालि अनुकूल समयमा दिइने खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।