उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – अफगानिस्तान र म्यानमारको समस्याबारेमा नेपालले संयुक्त राष्ट्र सङ्घमा आफ्नो धारणा राखेको छ । संयुक्त राष्ट्र सङ्घीय महासभाको ७६ औँ सत्रलाई सम्बोधन गर्ने क्रममा नेपालका परराष्ट्र मन्त्री नारायण खड्काले अफगानिस्तान र म्यानमारका घटनाक्रमबारे पनि बोल्नुभएको हो ।
म्यानमारमा सेनाले जननिर्वाचित प्रतिनिधिबाट सत्ता खोसेपछि उत्पन्न समस्या र अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछिको अवस्थाको बारेमा बोल्दै परराष्ट्र मन्त्री खड्काले आफूहरूले चासोका साथ हेरिरहेको बताउनुभयो । उहाँले अफगान नागरिकहरूले गौरवका साथ जिउनुका साथै आधारभूत अधिकार र स्वतन्त्रता उपभोग गर्न पाउनुपर्ने भन्दै शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न संलग्न सबै पक्षलाई अनुरोध गर्नुभयो ।
मन्त्री खड्काले अफगानिस्तानमा अवरोधरहित मानवीय सहायता तथा सबैका लागि शिक्षा र स्वास्थ्यसहित सार्वजनिक सेवा पूर्ण सुरु गर्न आह्वान पनि गर्नुभयो ।
यस्तै उहाँले म्यानमारका नागरिकहरूको आधारभूत अधिकार र स्वतन्त्रतालाई सम्मान गर्न आग्रह गर्दै त्यहाँ प्रजातान्त्रिक र संवैधानिक प्रक्रियालाई पुनः सुरु गर्न नेपालका तर्फबाट आह्वान गर्नुभयो ।
मन्त्री खड्काले आफ्नो सम्बोधनमा लिबिया, सिरिया र यमनमा मानिसहरूको कष्टको छिटो अन्त्य हुनुपर्ने तथा इजरायल र प्यालेस्टाइन द्वन्द्व समाधान चाँडो हुनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।