मेस्सीको गोलमा पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो

 असोज १३, २०७८ बुधबार ६:४०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई २–० गोलले हराएको छ । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी र इड्रिसा गाना गुआईको गोलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएको हो ।

गएराति भएको खेलमा घरेलु टोली पीएसजीले गुआईको गोलबाट अग्रता लिएको थियो । त्यस्तै खेलको ७४औं मिनेटमा मेस्सीले गोल गरेपछि पीएसजीले २–० को अग्रता बनाएको थियो । मेस्सीले केलियन एमबाप्पेको पासमा गोल गरेका हुन् । साथै नयाँ सिजनमा पीएसजीका लागि अहिलेसम्म चार खेल खेलेका मेस्सीले पहिलो गोल गरेका हुन् । 

च्याम्पियन्स लिग फुटबलमा गयराती भएका खेलमा रियल मड्रिड र एसी मिलान पराजित भएका छन् । रियललाई सेरिफले र एसी मिलानलाई एट्लेटिको मड्रिडले समान २–१ गोलले हराएको छ । अर्को खेलमा बोरुसिया डर्टमण्डले स्पोर्टिङलाई १–० ले हराएको छ । सख्तर डोनेस्क र इन्टरमिलानले गोलरहित बराबरी खेलेका छन् ।

त्यस्तै अजाक्सले बेसिक्टासलाई २–० ले हराएको छ । पोर्टो लिभरपुलसँग फराकिलो अन्तरले पराजित भएको छ । लिभरपुलले पोर्टोलाई ५–१ गोलले हरायो । त्यस्तै जर्मन क्लब आरबी लाइबजिग घरेलु मैदानमा क्लब बुर्जसँग २–१ ले पराजित भएको छ ।
 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया