खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले हराएको हो ।
विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा चार विकेट गुमाएर भेटायो । भैरहवाका लागि श्रीलङ्काली खेलाडी उपुल थारङ्गाले अविजित ३४ रन बनाए । त्यस्तै प्रदीप ऐरीले २२ रन बनाए । बलिङतर्फ विराटनगरका रामनरेश गिरीले दुई विकेट लिँदा करण केसी र वसन्त रेग्मीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा ८९ रनमा अलआउट भयो । बलिङतर्फ भैरहवाका लागि धमिका प्रसाद र आरिफ शेखले तीन–तीन विकेट लिए । त्यस्तै अभिनाश बोहराले दुई विकेट लिँदा दुर्गेश गुप्ता र कृष्ण कार्कीले एक–एक विकेट लिए ।
यो जितसँगै भैरहवा दुई खेलमा तीन अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने दुई वटै खेल हारेको विराटनगर तालिकाको पाँचौँ स्थानमा छ ।
यसअघि आज भएको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई नौ विकेटले हरायो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।