उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - गुलाब नामक चक्रवातका कारण भारतकाे महाराष्ट्रको जनजीवन प्रभावित भएको छ ।
महाराष्ट्रको कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । त्यहाँ दुई दिनमा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा चक्रवातको प्रभाव धेरै परेको छ । मुम्बई अहमदाबादकाे राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ ।
चक्रवातकाे गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएका छ । चक्रवातका कारण यसअगाडि ओडिसा, मध्यप्रदेश, छत्तिसगढ, तथा आन्ध्रप्रदेशमा जनधनको नोक्सानी भएकाे थियो ।
प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको छ । गएको शनिवार बङ्गालको खाडीमा चक्रवात बनेपछि भारतका विभिन्न राज्यमा लगातार पानी पर्ने र तीव्र गतिमा हावा चल्दा जनजीवन प्रभावित बनेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।