फाल्गुनन्द गोल्डकप :पहिलो क्वाटरफाइनलमा त्रिभुवन आर्मी र फिदिम...
पुस ८, २०८१ सोमबार
काठमाडौं – तपाईँ विदेशबाट घरमा पैसा पठाउने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर थाहा पाउनुहोस् ।
बिहीबारका लागि राष्ट्र बैंकले एक साउदी रियालको खरिद दर ३१ रुपैयाँ ५५ पैसा र बिक्री दर ३१ रुपैयाँ ७१ पैसा तोकेको छ ।
त्यस्तै, कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५० पैसा र बिक्री दर ३२ रुपैयाँ ६६ पैसा छ । युएई दिर्हाम एकको खरिद दर ३२ रुपैयाँ २२ पैसा र बिक्री दर ३२ रुपैयाँ ३८ पैसा तोकेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर आज २८ रुपैयाँ २८ पैसा र बिक्री दर २८ रुपैयाँ ४२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिद दर ३ सय ९२ रुपैयाँ ५८ पैसा छ भने बिक्री दर ३ सय ९४ रुपैयाँ ५७ पैसा रहेको छ । बहराइन दिनार एकको खरिद दर ३ सय १३ रुपैयाँ ८९ पैसा र बिक्री दर ३ सय १५ रुपैयाँ ४८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।