एमाले संवाद र वार्ताबाट पर भाग्न खोज्यो : सर्वदलीय बैठक

 असोज १४, २०७८ बिहीबार १२:४९:७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बसेको सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको आरोप लगाएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठक पछि सरकारका प्रवक्ता एवं कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमाले संवाद र वार्ताबाट पर भाग्न खोजेको बताउनु भएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्षसँग निरन्तर संवाद गरेर निकास खोज्ने बताउनुभयो ।

बैठकले संसद् सञ्चालन विषयमा जिम्मेवार ढङ्गले प्रस्तुत हुन एमालेलाई आग्रह पनि गरेको छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने एमालेबाहेक दलका नेताहरू उपस्थित थिए । एमालेले आज बोलाइएको सर्वदलीय बैठक बहिष्कार गरेको थियो ।

आफूले कारबाही गरेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गएको भदौ २३ गतेदेखि सङ्घीय संसद्का बैठकहरुमा निरन्तर अवरोध गर्दै आएको । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक पनि एमालेले बहिस्कार गरेको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया