खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा चितवन टाइगर्सले काठमाण्डाै किङ्ग्स इलाभेनलाई तीन विकेटले हराएको छ । त्रिवि क्रिकेट मैदानमा काठमाण्डौले दिएको एक सय ४२ रनको लक्ष्य चितवनले सात विकेट गुमाएर आठ बल बाँकी छँदै भेटायो ।
चितवनका लागि राजेश पुलामीले सर्वाधिक २६ र दिलिपनाथ र कमलसिंह ऐरीले समान २३/२३ रन बनाए । काठमाण्डौका जितेन्द्र मुखिया र रायन बर्लले दुई/दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौले २० ओभरमा आठ विकेट गुमाएर एक सय ४१ रन बनायो । काठमाण्डाैका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए भने राजु रिजालले २८ र जनक प्रकाशले २६ रन बनाए । चितवनका सागर ढकालले चार र करिम जनतले दुई विकेट लिए ।
आजको जितसँगै चितवन चार अङ्कसहित शीर्ष स्थानमा पुगेको छ भने काठमाण्डौ दुई अङ्कसहित चौथो स्थानमा छ ।
ईपीएलमा अहिले भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्स खेलिरहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।