संसदमा आज पनि एमालेकाे अवरोध, महालेखा परीक्षकको प्रतिवेदन पेस

 असोज १४, २०७८ बिहीबार १३:५८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाे अवरोधकै बीच महालेखा परीक्षककाे प्रतिवेदन पेस भएकाे छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन २०७८ पेस गर्नुभयो ।

बैठक सुरु हुनासाथ सधैँझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवराेध नगरिकन सदनको काम कारबाही अघि बढाउने सन्दर्भमा सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले अदालतमा विचाराधीन विषयमा सदनमा छलफल हुन नसक्ने कुरा प्रतिनिधि सभा नियमावलीमा व्यवस्था रहेको स्मरण गराउनुभएको थियो ।

अवरोधकै बीचमा सभामुख सापकोटाले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजी र विधेयक प्रमाणीकरणसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुभयो । प्रमाणीकरण गरिएको विधेयकहरूमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ छन् ।

नेकपा एमालेले अधिवेशन सुरु भएदेखि नै आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गरिराखेको छ । प्रतिनिधि सभाको अर्को बैठक यही असोज १९ गते दिउँसाे १ बजे बस्नेछ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया