एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा (बादल) ले जबज अहिले पनि सान्दर्भिक भएको बताउनुभएको छ । आज बिहीवार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले जनताकाे बहुदलीय जनवाद (जबज) जनवादी कार्यक्रम भएकाले अहिले पनि सान्दर्भिक भएको बताउनुभएको हो ।
उहाँले जबजमा रहेका समाजवादमा सङ्क्रमण गर्ने कार्यक्रमहरू लागू हुनुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनले सिद्धान्तको निर्माण गर्ने बताउँदै देश र समाजको दीर्घकालीन सोच र परिवर्तन तथा नेपाल र नेपालीको भविष्यको विकास गर्ने बताउनुभयो ।
स्थायी कमिटी सदस्य थापाले महाधिवेशनमा राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशाेधन प्रतिवेदन पेस हुने बताउनुभयाे । उहाँले उत्पादक शक्ति र राष्ट्रिय पुँजीको विकास गर्ने कार्यक्रमहरू जबजमा रहेको बताउँदै जबजलाई अघि लिएर जानुपर्ने धारणा राख्नुभयाे ।
स्थायी कमिटी सदस्य थापाले प्रतिवेदनमा अबको समाजवादको निर्माण कुन विचारधारा, सिद्धान्तले गर्न सक्छ र सही सिद्धान्त, सही विचार, के हो भन्ने कुराको संश्लेषण गरिएको बताउनुभयो । उहाँले विगतमा जनवादी क्रान्तिको आन्दोलनको वैचारिक मार्गदर्शन जबजले गरेको बताउनुभयो ।
स्थायी कमिटी सदस्य थापाले समृद्ध नेपाल सुखी नेपालीको नारा समाजवादको आधार तयार गर्ने नीति अन्तर्गतकै भएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।