६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियट्सबीचको खेल राेमाञ्चक बराबरी ‘टाइ’ भएको छ ।
ललितपुरले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रन बनाएपछि खेलमा बराबरीमा भएको हो । निकै राेमाञ्चक बनेकाे खेलमा इनिङ्सकाे अन्तिम बलमा शरद भेषवाकरले छक्का प्रहार गरेपछि खेलमा बराबरी भएकाे हाे ।
खराब प्रकाशका कारण सुपर ओभर नभएपछि दुवै टोलीले अङ्क बाँडेका छन् । भैरहवाका लागि उपुल थारङ्गाले अविजित ६७ रन बनाए । त्यस्तै कुशल मल्लले ३५ रन जोडे । बलिङतर्फ ललितपुरका रशिद खानले तीन र रिजन ढकालले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७७ बनायो । ललितपुरका लागि सन्दुन वीराकोदीले ५८, अजमतुल्लाह ओभरजाईले ४२ र सन्दीप जोराले ३८ रन बनाए । बलिङतर्फ भैरहवाका अविनाश बाेहराले दुई विकेट लिए ।
आजको जितसँगै भैरहवा चार अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।