एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा विघटन गर्नुको पछाडि माओवादीले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनको एजेन्डा उल्ट्याउने षड्यन्त्रअनुसार नै भएको बताउनुभएको छ ।
माओवादीलाई घेरा हाल्ने र सकाउने रणनीतिअनुसार नै प्रतिनिधि सभा विघटन गरिएको चर्चा गर्दै उहाँले माओवादी रहँदासम्म परिवर्तनका एजेन्डा कायमै रहन्छ भन्ने भयका कारण प्रतिनिधि सभा विघटन गरिएको भए पनि आफूहरूले नेपाली नागरिकका साथमा त्यस्ता गलत प्रवृत्ति परास्त गरेको उल्लेख गर्नुभयो ।
क्रान्ति नछाड्ने सङ्कल्पसहित आफूहरू आन्दोलनमा आएका कारण प्रतिगमन परास्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले संविधान विरोधी गतिविधि परास्त भएको उल्लेख गर्नुभयो ।
आज बिहीवार पार्टी सम्बद्ध अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनमा बाेल्दै उहाँले आफूसमेत मिलेर गठन गरेको पार्टी गलत दिशामा गएर नागरिकका अधिकार उल्ट्याउन खोजिएका कारण आफूहरूले सशक्त प्रतिवाद गरेको बताउनुभयो ।
पार्टीका कार्यकर्ता नबिग्रिएको तर शीर्ष स्थानमा रहेका नेतामा नै समस्या रहेको भन्दै अध्यक्ष दाहालले अब नयाँ सङ्कल्पसहित विगतको गलत अभ्यासबाट मुक्त भएर अगाडि बढ्ने सङ्कल्प आफूहरूले गरेको बताउनुभयो ।
शहीद तथा बेपत्ता परिवारलाई थप एकीकृत बनाएर लैजाने तयारीमा आफू रहेको उल्लेख गर्दै उहाँले विगतको शहादतको उचित मूल्याङ्कन हुने स्पष्ट पार्नुभयो । नेपाली नागरिककाे अधिकारका लागि गरेको त्यागका आधारमा राजनीतिक अधिकार प्राप्त भए पनि शहीदको सपना भने पूर्णरूपमा प्राप्त हुन भने नसकेको उहाँले उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अबिस्द
Sept. 30, 2021, 9:11 p.m.1700 सकेर आका लाई आफू सकिन्छ भन्ने तेत्रो पिर? के चै नाप्या छौ र आफ्ना लाई बाहेक??