घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै - इथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसङ्घका सात जना उच्च अधिकारीलाई देश निकाला गरेको छ ।
इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा बिचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको बीबीसीले जनाएको छ । इथियोपिया सरकारले विज्ञप्तिमार्फत ७२ घण्टाभित्र आफ्नो देश छाड्न उनीहरुलाई आदेश दिएको छ ।
इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सङ्कट रहेको विषयमा राष्ट्रसङ्घका अधिकारीहरुले बारम्बार आवाज उठाइरहेका थिए।राष्ट्रसङ्घका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मामिलामा चाहिने भन्दा धेरै प्रचारबाजी गरेको तथा केही गम्भीर विषयमा समेत हस्तक्षेप गर्न खोजेको इथियोपियाको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
आफ्नो उच्च अधिकारीहरु इथियोपियाबाट निष्काशनमा परेपछि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले भने अचम्मित भएको प्रतिक्रिया दिनुभएको छ । गएको वर्षको नोभेम्बरदेखि टिग्रे क्षेत्रमा सरकारी सेना र टिग्रे पिपुल्स लिबरेशन फ्रन्टबीच चर्किएको लडाइँका कारण त्यस क्षेत्रमा मानवीय सङ्कट देखिएको छ ।
लडाइँमा परी हजारौँ मानिस मारिएका छन् भने कयौँ विस्थापित हुन पुगेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।