घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न समूहमा रहेका पूर्वमाओवादीहरू एक हुनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । आज शुक्रवार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीति सङ्ग्रह विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले माओवादी आन्दोलनलाई भ्रष्टीकरण र विसर्जित गर्ने षड्यन्त्र भइरहेको भन्दै अहिलेको आवश्यकता पूर्वमाओवादीहरू एक ठाउँमा उभिनुपर्ने रहेको बताउनुभयो । माओवादी आन्दोलनलाई विसर्जन गर्ने षड्यन्त्रविरुद्ध सबै एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट आत्मसमीक्षा गर्नुपर्ने जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘अहिले जसरी माओवादी जनयुद्धलाई भ्रष्टीकरण गर्ने, माओवादी आन्दोलनलाई विखण्डित र विसर्जित गर्ने षड्यन्त्रहरू भइराखेका छन्, त्यसका विरुद्ध एक हुने उपायहरूको खोजी गर्नु बुद्धिमानी हुन्छ । अहिलेको बुद्धिमानी त्यो चाहिँ हो, अहिलेको मार्क्सवाद त्यही हो । हामी हिजो सँगै लडाइँ लडेका र यसलाई भ्रष्टीकरण गर्ने, यसलाई विखण्डित गर्ने, यसलाई विसर्जित गर्न चाहने प्रतिक्रियावादी षड्यन्त्रका विरुद्ध एकजुट हुने आजको आवश्यकता हो ।’
अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरूले आफूहरूलाई सखाप पार्ने षड्यन्त्र गरेकाले त्यसका विरुद्ध नयाँ खालको जनयुद्धको खोजी गर्नुपर्ने बताउनुभयो । लाखौँ नागरिक लिएर आन्दोलित भइ वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो । सबै एक भए शासकीय स्वरूप फेर्न र वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायको पहिचान र अधिकारलाई धेरै माथि पुर्याउन सकिने उहाँले उल्लेख गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।