घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमाओवादीहरू एकै ठाउँमा आउने कुरा भावनात्मक कुरामात्रै भएको टिप्पणी गर्नुभएकाे छ । आज शुक्रवार प्रगतिवादी कवि दिलीपकुमार श्रेष्ठको ‘सपनाको पाण्डुलिपि’ गीति सङ्ग्रह विमोचन कार्यक्रममा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
पूर्वमाओवादी एक ठाउँमा आउने भन्दा पनि नयाँ विचार र सङ्गठनको आवश्यकता रहेको नेता भट्टराईले उल्लेख गर्नुभयाे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने बताएपछि नेता भट्टराईले यस्ताे टिप्पणी गर्नुभएकाे हाे ।
उहाँले भन्नुभयो, ‘भावनाको हदसम्म साथीहरूले भनेको कुरा सही छ । तर त्यो भावनाले ज्ञान र विज्ञानमा पनि त परिणत गर्नुपर्याे । विवेकसँग ज्ञानमा पनि बदल्नुपर्याे । त्यो भनेको नयाँ विचार हो । नयाँ विचार सँगसँगै पार्टीको पनि नयाँ सङ्गठन, नयाँ ढाँचा हो । त्यसैले त्यसमा पहिले बहस छलफल गरौँ । अनि त्यसको आधारमा हामी मात्रै भएर पनि त पुग्दैन । नयाँ जनसङ्ख्या आयो, तिनलाई समेट्नुपरेन ? हामीले हिजोका मात्रै गला मिलाएर बस्छौँ भनेर हुन्छ ? सही विचार, नीति, कार्यक्रम र योजनाको आधारमा फेरि नयाँ ढङ्गले हामी अगाडि बढाैँ । सबै पूर्वमाओवादी एकै ठाउँ आऊ भन्ने होइन, सबै पूर्वमाओवादीहरू नयाँ ठाउँमा जाऔँ भन्नुपर्याे क्या । नयाँ ठाउँमा गएपछि त्यसले चाहिँ यो देशको मात्रै होइन, विश्व मानव जातिकै निम्ति योगदान गर्न सक्छ ।’
अध्यक्ष भट्टराईले केपी ओलीले गरेको प्रतिगमन परास्त भए पनि प्रतिगमनको नयाँ संस्करण आउन सक्ने बताउनुभयो । 'अर्ली इलेक्शन' को नाममा फेरि कांग्रेस र एमालेलाई अगाडि ल्याउने र माओवादीलगायतका मधेश जनजाति आन्दोलनबाट आएको उपलब्धिलाई उल्ट्याउने प्रयत्न भइरहेको उहाँले बताउनुभयो ।
अध्यक्ष भट्टराईले अग्रगामी शक्तिहरू प्रतिगमनको विरुद्ध एक हुनुपर्ने र आवश्यकताअनुसार चुनावी तालमेलसम्म गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।