घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दुई बिचौलिया पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुरको नख्खीपोट बस्ने वर्ष ३० का सुमन तामाङ र कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् ।
लिखित परीक्षा पास गराइदिने, ट्रायलको पालोमा छिटो ट्रायल मिलाइदिने, नवीकरण गरिदिने, सिफारिसहरू मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाइनमा लागेका सर्वसाधारणलाई सास्ती दिने दुई जना बिचौलियालाई यातायात कार्यालय एकान्तकुनाबाट पक्राउ गरिको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिनुभयो ।
यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा उनीहरू कार्यालय परिसरबाट पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिनुभयो ।
महाशाखाको पीडित सहायता कक्षबाट सादा पाेसाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोमा थप अनुसन्धान तथा कारबाहीका लागि उपस्थित गराइएकाे महाशाखाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bijay
Oct. 3, 2021, 7:19 p.m.लहानतिर पनि यस्तै छ , यता नि समाउन आउनुपर्यो /