घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायकले ग्राहकबाट पोल भाडाको समेत शुल्क उठाउने तर प्राधिकरणलाई तिर्न अटेरी गरिरहेको आरोप लगाएको छ ।
प्राधिकरणले आज आइतवार एक विज्ञप्ति निकालेर केही सेवा प्रदायकहरूले विगत पाँच वर्षदेखि कुनै किसिमको भाडा नबुझाइ पोल प्रयाेग गरी ग्राहकहरूबाट शुल्क भने उठाइरहेको जनाएको छ ।प्राधिकरणले तत्काल आफूले जडान गरेका तारको परिमाणसहित प्राधिकरणसँग सम्झौता गर्न आउन इन्टरनेट सेवा प्रदायकहरूलाई अपिल पनि गरेको छ ।
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल, सीजी नेट, डिश होम, फाइवर वर्ल्ड कम्युनिकेशन लगायतले नयाँ भाडा दरका आधारमा प्राधिकरणसँग सम्झौता गरी भाडा बढाइसकेका प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको संरचना प्रयोग गरी उपभोक्ताबाट आफ्नो सेवाको शुल्क लिने तर निर्धारण गरिएको भाडा दर तिर्न केही सेवा प्रदायकले अस्वीकार गरेपछि हिजाे शनिवार त्यस्ता सेवा प्रदायकले प्रयोग गरिएको तारको कनेक्शन केही ठाउँमा साङ्केतिक रूपमा विच्छेद गरिएको प्राधिकरणको भनाइ छ । ्त
र यस्तो कार्य इन्टरनेट तथा टेलिभिजनका प्रयोगकर्ता आम उपभोक्तालाई सेवा प्रयोग गर्नबाट वञ्चित गराउन नभइ आफ्नो संरचना प्रयोग गरेबापत सेवा प्रदायकबाट भाडा दर असुल गर्न गरिएको प्राधिकरणको दाबी छ । काटिएका तार जोडेर सेवा सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।