एन्फा महिला लिगमा एपीएफले बाग्मती युथलाई ६ गोलले हरायो
माघ २, २०८१ बुधबार
काठमाण्डाै – प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसदमा अवराेध गरिरहेका बेला सभामुख सापकोटाले यस्ताे बताउनुभएकाे हाे । सङ्घीय संसद् सचिवालय कर्मचारी युनियनले विजयादशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर आज साेमवार सिंहदरबारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले इतिहासले आफूलाई सङ्घीय संसद्को नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै त्याे पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताउनुभयो ।
सभामुख सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धतासमेत दोहोर्याउनुभयाे । उहाँले संसद्को कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्नका लागि सबैलाई एकताबद्ध हुन आह्वान गर्नुभयो ।
सभामुख सापकोटाले भन्नुभयो, ‘हामीले जुन प्रण गरेका छौँ– सङ्घीय संसद्लाई जीवन्त र जनमुखी बनाउने, त्यो सूत्र वाक्यलाई मैले त सधैँभरि दिल र दिमागमा राखेर कार्यरूप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु । सङ्घीय संसद्को कार्यभार असामान्य र असाधारण छ । यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔँ । हाम्रो युनियनले त्यतातिर पहल गरिरहेको छ । संसद् सचिवालयको तर्फबाट पनि पहल गरिएको छ । अहिले मलाई इतिहासले सङ्घीय संसद्को नेतृत्वमा, प्रतिनिधि सभाको सभामुखमा लगेर राखेको छ । म यो पदका लागि न्याय गर्नुपर्छ भन्ने कुरामा भित्रैदेखि प्रण गरिरहेको छु ।’
सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाइरहेको बताउनुभयाे । उहाँले दर्शन शास्त्रलाई उद्धृत गर्दै विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणासमेत राख्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।