मापदण्ड पालना नगर्ने चितवनका ६ मेडिकल कारबाहीमा

 असोज १९, २०७८ मंगलबार १२:४२:१६ | उज्यालो सहकर्मी

काठमाण्डाै - चितवनको भरतपुरमा सञ्चालनमा रहेका ६ वटा मेडिकललाई स्थानीय प्रशासनले कारबाही गरेको छ ।

भरतपुरको चौबिस कोठीमा सञ्चालनमा रहेका ती मेडिकललाई कारबाही स्वरुप  पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिबाना गरिएको हाे ।

जिल्ला प्रशासन कार्यालयका मुद्दा शाखाका नायब सुब्बा गोपीचन्द्र दवाडीका अनुसार कारबाहीमा पर्नेमा नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक, नवल पोलिक्लिनिक, मिराकल फर्मा, रिजन फार्मेसी र अपोलो डेन्टल छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि शर्माका अनुसार नवल डेन्टल क्लिनिक, भरतपुर पोलिक्लिनिक र नवल पोलिक्लिनिकलाई  तीन/तीन लाख रुपैयाँ जरिबाना गरिएको छ । यस्तै, मिराकल फर्मालाई  दुई लाख ५० हजार, रिजन फार्मेसीलाई  २० हजार र अपोलो डेन्टल क्लिनिकलाई पाँच हजार रुपैयाँ जरिबाना तोकिएको उहाँले जानकारी दिनुभयो ।

मापदण्ड पूरा नगरेको, खरिद बिक्री बिल नराखेको, दक्ष जनशक्तिको नियुक्त र शैक्षिक प्रमाणपत्र नराखेको, बढी मूल्यमा औषधि बिक्री गरेको, समय सकिएका औषधि छुट्टै नराखि एकै ठाउँमा राखेको, अनुमति नलिइ सञ्चालन गरेको लगायत कारण उनीहरुलाई कारबाही गरिएको शर्माले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया