शेयर बजार ४१ अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब पनि पुगेन

 असोज १९, २०७८ मंगलबार १५:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो साेमवार र अस्ति आइतवार घटेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ८४ अङ्कले बढेर दुई हजार ६ सय १२ दशमलव ६५ विन्दुमा पुगेको छ । 

आज व्यापारबाहेक सबै समूहको शेयर बढेको छ । बैंकिङ समूहको शेयर १८ अङ्कले, विकास बैंक समूहको एक सय ४० अङ्कले, जलविद्युतको ६० अङ्कले, फाइनान्सको ८७ अङ्कले र माइक्रोफाइनान्स समूहको शेयर एक सय ३६ अङ्कले बढेको छ ।

यस्तै होटलको ३६, जीवन बीमा समूहको तीन सय सात, निर्जीवन बीमा समूहको दुई सय ६५, उत्पादन समूहको एक सय सात र अन्य समूहको शेयर ११ अङ्कले बढेको छ । शेयर बजार बढे पनि कारोबार रकम भने घटेको छ ।

हिजो तीन अर्ब ६२ करोड रुपैयाँको कारोबार भएकोमा आज जम्मा दुई अर्ब ९९ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज दुई सय २३ कम्पनीका ४१ हजार कारोबारबाट ५८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिखर इन्स्याेरेन्सको १३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज मल्टिपर्पोज फाइनान्स, हिमालयन पावर पार्टनर र समता घरेलु लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि एनआईसी एसिया लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।  

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया