घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – साढे ३३ किलाे सुन तस्करी र भरिया सनम शाक्यकाे हत्या प्रकरणमा जिल्ला अदालत माेरङले मुख्य आराेपी चूडामणि उप्रेती 'गाेरे' सहित ६ जनालाई जन्म कैदको फैसला सुनाएको छ ।
आज मङ्गलवार मुद्दाको अन्तिम सुनुवाइ गर्दै अदालतले कर्तव्य ज्यानतर्फ ६ जनालाई जन्म कैदकाे फैसला सुनाएकाे हाे । यस्तै एक जनालाई तीन वर्ष र एक जनालाई ६ महिनाको सजाय तोक्दै बाँकी सबै प्रतिवादीलाई सफाइ दिइएकाे छ । यस प्रकरणमा मुछिएका सबै प्रहरीले पनि सफाइ पाएका छन् ।
यस प्रकरणमा प्रतिवादीमध्ये २१ जना अहिले पनि फरार छन् । फरारका नाममा इजलासले मुद्दालाई मुलतबीमा राखेको अदालतले जनाएकाे छ ।
यस प्रकरणमा मुख्य आराेपी 'गाेरे' सहित ७७ जनाविरुद्ध मोरङ प्रहरीले २०७५ वैशाख १९ गते अपराधिक समूह स्थापना गरी सञ्चालन गरेको, सुनको अवैध कारोबार गरेको, अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङमा अभियोग पत्र दर्ता गरेको थियो । अभियोग पत्रमा १७ अर्ब एक करोड ८० लाखभन्दा धेरै बिगो माग गरिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।