६८ अंकले बढेको नेप्सेमा हरियाली, १३ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट

 असोज २०, २०७८ बुधबार १५:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो ४१ अंकले बढेको शेयरबजार आज पनि बढेको छ । शेयरबजार परिसूचक नेप्से आज ६८ दशमलव ४७ अंकले बढेर दुई हजार ६ सय ८१ दशमलव १० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । विकास बैँक, फाइनान्स, जलविद्युत्, उत्पादन र माइक्रो फाइनान्स समूहको शेयर उच्च अंकले बढेको छ । दुई सय २७ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबै कम्पनीको शेयर बढेको छ । आज १३ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

समग्र बजार बढेपनि रिडी हाइड्रोपावर कम्पनीको शेयर दुई प्रतिशतले घटेको छ । आज कारोबार रकममा पनि सुधार आएको छ । ८१ लाख ८९ हजार कित्ता शेयर चार अर्ब ५० करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन्स् बैंकको २३ करोड रुपैयाँको शेयर किनबेच भएको छ । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया