घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डौ – आईएमई ग्रुप अन्र्तगत सञ्चालित आईएमई मोटर्स प्रा.लि ले २ वटा शाखा विस्तार गरेको छ । जितपुर बारामा रहेको थ्री–एस सेटअप र सर्दी नवलपरासी पूर्वमा अवस्थित टू-एस सेटअपको एक कार्यक्रमबीच उद्घाटन गरिएको आईएमई मोटर्स प्रालीले जनाएको छ । यी शाखाहरूबाट सुविधा सम्पन्न अशोक लेल्याण्ड गाडीहरुका लागी सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध हुने छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, भारतको दोस्रो ठूलो अटोमोबाइल कम्पनी अशोक लेलैण्डका सार्क हेड सुजन रोय साथै जिल्लाका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा संयुक्त रुपमा रिबन काटी दुवै शाखाको उद्घाटन गरिएको हो ।
उद्घाटनका क्रममा ग्रुपका अध्यक्ष ढकालले अशोक लेल्याण्डमा गरेको लगानीले भविष्यमा राम्रो प्रतिफल दिने र एउटा भरपर्दो ब्राण्ड भएकोले यसमा लगानी गरेको बताउनुभयो । यस क्षेत्रका ग्राहकहरुले ढुक्क भएर अशोक लेल्याण्ड गाडीहरुमा लगानी गर्न अनुरोध गर्दै बिक्री पछिको सेवाको लागि जस्तो सुकै परिस्थितिमा पनि ग्राहकको साथमा रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । नेपालका लागि अशोक लेलैण्ड गाडीको एकमात्र अधिकृत बिक्रेता आईएमई मोटर्सले प्रदेश नं २ र लुम्बिनी प्रदेश अवस्थित शाखाको विस्तारले ग्राहकहरुलाई थ्री—एस साथ सम्पूर्ण सेवाहरुको पूर्ण सुविधा प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्दै अशोक लेल्याण्ड भारतका सार्क अन्तर्राष्ट्रिय व्यापार प्रमुख सुजन रोयले आईएमई मोटर्ससँगको सहकार्यमा नेपालमा अशोक लेल्याण्डको बजार विस्तार आक्रामक भइरहेको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।