निजामती सेवा विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत

 असोज २२, २०७८ शुक्रबार १५:१०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रतिनिधि सभाको आज शुक्रवारको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधकै बीच विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘सङ्घीय निजामती सेवा विधेयक २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । याे प्रस्तावलाई बहुमतले स्वीकृत भएकाे हो । 

त्यसैगरी बैठकले राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा विचाराधीन रहेको ‘रेल्वे विधेयक २०७६’ फिर्ता लिनका लागि राष्ट्रिय सभाको सहमतिका लागि सिफारिस प्राप्त गर्ने प्रस्तावलाई पनि बहुमतले स्वीकृत गरेको छ । प्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रिय सभामा उत्पत्ति भइ प्रतिनिधि सभामा विचाराधीन रहेको ‘रेल्वे विधेयक २०७६’ फिर्ता लिनका लागि राष्ट्रिय सभाको सहमतिका लागि सिफारिस प्राप्त गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा पनि यसअघिझैँ प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले संवैधानिक सर्वोच्चता कायम गर, पदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पार्टी फुटाउने षड्यन्त्र नगर, गैरसांसदलाई प्रवेश निषेध गर, यथास्थितिमा संसद् चल्न सक्दैन भनी चर्को नाराबाजी गरेका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक असोज २५ गते सोमवार दिउँसो २ बजे बस्ने भएको छ । 

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया