याे वर्षकाे नाेबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई

 असोज २२, २०७८ शुक्रबार १७:६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – याे वर्षको नोबेल शान्ति पुरस्कार पत्रकार मारिया रेसा र दिमित्री मुरातोभलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । फिलिपिन्स र रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि ‘साहसी लडाइँ’ गरेका भन्दै यी दुई पत्रकारलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको हो ।

नोबेल कमिटीले यी जोडीले जोडीले 'त्यो सिद्धान्तका लागि उभिने सबै पत्रकारको प्रतिनिधित्व गर्ने' बताएको छ।

प्रतिष्ठित पुरस्कारका विजेताले १० मिलियन स्विडिश क्रोना प्राप्त गर्नेछन् ।

यस पुरस्कारका लागि मारिया रेसा र दिमित्री मुराताेभ तीन सय २९ जनामध्ये बाट छानिएका हुन् ।

पत्रकार मारिया रेसा न्युज साइट र्याप्लरकी सहसंस्थापक हुन् । उनलाई फिलिपिन्समा सत्ताको शक्तिको गलत प्रयोग, हिंसा र तानाशाहीको बढ्दो खतराको खुलासाका लागि पहिले पनि सम्मानित गरिसकिएको छ ।

त्यस्तै दिमित्री मुरातोभ रुसको स्वतन्त्र अखबार नोवाजा गजेटाका सहसंस्थापक हुन् र पछिल्ले २४ वर्षदेखि पेपरको मुख्य सम्पादक रहेका छन् । मुरातोभले दशकौँदेखि रुसमा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै आएका नोबेल कमिटीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया