अफगानिस्तान कब्जापछि अमेरिका र तालिबानबीच पहिलो पटक वार्ता हुँदै

 असोज २३, २०७८ शनिबार ८:५२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ ।

अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । गएको अगष्टमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ भने तालिबानसँग औपचारिक सम्पर्कमा थिएन ।

दोहामा तालिबानका वरिष्ठ अधिकारीसँगको वार्तामा महिला र बालिकासहित सबै अफगानिहरुको अधिकारको सम्मान गर्न र व्यापक समर्थन सहित समावेशी सरकार गठन गर्न दबाब दिने अमेरिकी तयारी छ ।

‘अफगानिस्तानले गम्भीर आर्थिक सङ्कुचन र मानवीय सङ्कटको सामना गरिरहेको छ, हामी तालिबानलाई मानवअधिकारको रक्षाको लागि दबाब दिनेछौँ ’ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसलाई उदृत गर्दै एएफपीले उल्लेख गरेको छ ।

अमेरिकाले अहिले नै अफगानिस्तानमा तालिबान शासनलाई मान्यता दिन नसकिने स्पष्ट पारेको छ । तालिबानसँगको वार्तामा अमेरिकाले अफगानिस्तानमा रहेका अमेरिकी नागरिकलाई देश छाड्न दिने विषयलाई मुख्य प्राथमिकता दिनेछ। 

अन्तिम अपडेट: कात्तिक २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया