ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - भारतका लखीमपुर हत्याकाण्डको अनुसन्धानका लागि केन्द्रीय गृह राज्य मन्त्री अजय मिश्राका छोरा आशिष प्रहरी कार्यालयमा उपस्थित भएका छन्।
किसानको र्यालीमाथि गाडी चढाएर चार जनाको हत्या गरेको आरोप लागेका आशिष आज बिहान उत्तर प्रदेश अपराध शाखामा उपस्थित भएका समाचार संस्था एएनआईले जनाएको छ । उनले घटनाको बारेमा स्पष्ट र चित्तबुझ्दो जवाफ नदिएमा गिरफ्तार गर्न सकिने प्रहरीले जनाएको छ।
गएको आइतवार लखीमपुरको सडकमा किसानले आन्दोलन गरिरहेको बेलामा केन्द्रीय मन्त्री अजय मिश्राका छोरा आशिषले गाडी हुँइक्याउँदा चार जना किसानको ज्यान गएको थियो भने त्यसपछि भड्किएको हिंसामा थप चार जना मारिएका थिए ।
घटनापछि किसानले मन्त्रीका छोरा आशिषसहित सात जनालाई दोषी बनाएर प्रहरीमा निवेदन दिएका छन् । मन्त्रीका छोरा प्रहरीमा उपस्थित भएपछि लखीमपुरको खिरी क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।