च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेशन इण्डस्ट्री बिस्तारै चलायमान हुन थालेको छ । विगत दुई वर्ष यता कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेशन इण्डस्ट्री विस्तारै पनः चलायमान हुन थालेको हो ।
इण्डस्ट्रीलाई चलायमान बनाउन शनिबार काठमाण्डाैमा आईसी कलेजले आर्ट एण्ड फेशनको १० औँ संस्करणको अडिशन राउण्ड शुरु गरेको छ । कार्यक्रममा आयोजक रवि धमलाले नदेखिने गरी ठूलो क्षति भएको क्षेत्र नै फेसन इण्डस्ट्री भएको बताउनुभयो । उहाँले २ वर्षमा कुनैपनि फेशनका गतिविधिहरु गर्न नपाएको गुनासो राख्दै इण्डस्ट्रीलाई चलायमान बनाउन बिस्तारै भएपनि शुरु गरेको बताउनुभयो ।
उहाँले नेपाली र पश्चिमेली संसकृतिसँग सम्बन्धित 'ड्रेस शो' गरिने बताउनुभयो । फेशनमा नेपालमा बजार राम्रो रहेको बताउँदै उहाँले सरकारले नेपाली कला, संस्कृतिलाई विश्वमा विस्तार गर्नको लागि पहल गर्नुपर्ने बताउनुभयो । फेशनमा नेपालको अबको बजार राम्रो रहेको बताउँदै उहाँले सरकारले नेपाली कला, संस्कृतिलाई विश्वमा विस्तार गर्नको लागि पहल नभएको गुनासो गर्नुभयो ।
त्यस्तै आईसी कलेजकी म्यानेजिङ डाइरेक्टर शैलजा अधिकारीले डिजाइनिङ शोका लागि ३० जना मोडल चाहिने र सहजै पाउने बताउनुभयो । उहाँले ग्रेजुएशन शोमा सोचेभन्दा पनि धेरै मोडलहरु आएको बताउँदै २०१८ को ब्याचको ग्रेजुएशन शो भएको बताउनुभयो ।
अडिशन राउण्डमा ३०० भन्दा बढी मोडलहरुको सहभागी थियो भने ७३ जना बढी डिजाइनरहरुले आफ्नो डिजाइन प्रश्तुत गरेका छन् । शोको फाइनल आगामी १८ डिसेम्बरमा हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।