बुटवलको मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमणबाट जाेगाउन गृह मन्त्री खाणको निर्देशन

 असोज २५, २०७८ सोमबार १४:४०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – गृह मन्त्री बालकृष्ण खाणले कुनै पनि हालतमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जाेगाउन/रोक्न निर्देशन दिनुभएको छ । 

हिजो आइतवार अतिक्रमणकारी र प्रहरीबीच झडप हुँदा चार जनाको ज्यान जानुका साथै कैयौँ व्यक्ति घाइते भएपछि आज साेमवार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो ।

गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारीलगायतको बैठकमा गृह मन्त्री खाणले शान्ति सुरक्षा कायम राख्दै औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुन नदिन निर्देशन दिनुभएको हो ।  

मोतीपुर औद्याेगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई हटाउने क्रममा हिजो ठूलो झडप भएको थियो । झडपमा चार जना सर्वसाधारणको ज्यान गएको थियो । यस्तै १६ जना सर्वसाधारण र ४९ जना प्रहरी घाइते भएकोमा चार जना प्रहरीलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।

अतिक्रमणकारीले घरेलु हतियार र पेट्रोल बम प्रहार गरेपछि गोली चलाउन बाध्य भएको नेपाल प्रहरीले गृह मन्त्रीलाई जानकारी गराएको छ । बुटवलको मोतीपुरमा अहिले पनि कर्फ्यु छ । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया