सन्दीप बने 'आईसीसी प्लेयर अफ द मन्थ'

 असोज २५, २०७८ सोमबार १५:२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आईसीसीको प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । 

आईसीसीले गएको बुधवार सार्वजनिक गरेको प्लेयर अफ द मन्थका लागि सन्दीपसँगै बङ्गलादेशका स्पिनर नासुम अहमद र अमेरिकी ब्याटर जसकरन मल्होत्रा मनोनयनमा परेका थिए । बङ्गलादेशी र अमेरिकी खेलाडीलाई पछि पार्दै सन्दीपले अवार्ड जितेका हुन् ।

गएको महिना ओमान भ्रमणमा ६ खेलमा १८ विकेट लिएर उत्कृृष्ट प्रदर्शन गरेपछि सन्दीप आईसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा परेका थिए । 

यस्तै महिलातर्फ इङ्ग्ल्यान्डकी कप्तान हिथर नाइटले वुमन्स प्लेयर अफ द मन्थको अवार्ड जितिन् । उनले आफ्नै देशकी चार्ली डिन र दक्षिण अफ्रिकाकी लिजेली लीलाई पछि पारिन् । 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया