घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बुटवलकाे मोतीपुरमा सरकारले दमन गरेको भन्दै विरोध गरेको छ ।
आज साेमवारको राष्ट्रिय सभाको बैठकमा एमालेका सदस्य खिमलाल भट्टराईले अरू नागरिकले दशैँ मनाइरहँदा बुटबलका सुकुम्बासीलाई सरकारले दशा निम्त्याइदिएको भन्दै विरोध गर्नुभयो ।
गृह मन्त्री बालकृष्ण खाणले आफ्नै जिल्लाका सुकुम्बासीमाथि अत्यधिक बल प्रयोग हुँदा कुनै निर्देशन नदिएको भन्दै उहाँले आपत्ति जनाउनुभयो । राष्ट्रिय सभा सदस्य भट्टराईले मृतकलाई क्षतिपूर्ति, घाइतेको उपचार र घटनाको निष्पक्ष छानबिनको माग गर्नुभएको छ ।
मोतीपुर औद्याेगिक क्षेत्रको जग्गा अतिक्रमण गरेर बसेकाहरूलाई हटाउने क्रममा हिजो ठूलो झडप भएको थियो । झडपमा चार जना सर्वसाधारणको ज्यान गएको थियो । यस्तै १६ जना सर्वसाधारण र ४९ जना प्रहरी घाइते भएकोमा चार जना प्रहरीलाई थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।
गृह मन्त्री बालकृष्ण खाणले कुनै पनि हालतमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण हुनबाट जाेगाउन/रोक्न निर्देशन दिनुभएको छ । आज साेमवार गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठकमा उहाँले यस्ताे निर्देशन दिनुभएकाे हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।