घोराही उपमहानगरमा निजी क्षेत्रमार्फत सरसफाइ व्यवस्थापनको काम शुरू
फागुन १३, २०८१ मंगलबार
कास्की – कास्कीको घान्द्रुक नजिकै भएको जीप दुर्घटनामा आठ जनाको ज्यान गएको छ ।
कास्कीको नयाँपुलबाट घान्द्रुकका लागि छुटेको ग १ ज ६९०० नम्बरको जीप आज साेमवार दिउँसाे कलाभिरमा दुघर्टना हुँदा आठ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।
ज्यान गुमाउनेहरूमध्ये एक जना चालक रहेका छन् भने सात जना काठमाण्डौबाट घुम्न गएका युवायुवती रहेका छन् ।
दुर्घटनामा परेर ज्यान गुमाउनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका ५ नयाँपुलका ४२ वर्षीय खुशीमान क्षेत्री हुनुहुन्छ ।
यसैगरी अन्य मृतकमा जीपमा सवार काठमाण्डाै महानगरपालिका ३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, त्यही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुमन चौधरी, २२ वर्षीय अछुतम काफ्ले, १८ वर्षीय आशिष आले र गोरखा घर भइ काठमाण्डाै गोङ्गबु बस्ने २७ वर्षीय विनय क्षेत्री रहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो ।
दुर्घटनामा काठमाण्डाै महानगरपालिका–३ गोङ्गबु बस्ने २० वर्षीया देविका घिसिङको बायाँ हात र नाकमा समान्य चोट लागेको र अस्पताल जानुपर्ने अवस्थामा नरहेको प्रहरीले जनाएको छ । भिरमा अड्किएको अवस्थामा उहाँलाई प्रहरी र स्थानीयवासीले सकुशल उद्धार गरेकोे प्रहरी नायब उपरीक्षक विकले जानकारी दिनुभयो । उहाँ जीपको झ्याल खोलेर हाम फाल्दा बाँच्न सफल हुनुभएको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।