ई–फार्मको खसी मेला सुरु, अर्डरका आधारमा घरमै पुर्‍याइदिने

 असोज २५, २०७८ सोमबार १८:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – दशैँ–तिहारलाई लक्षित गरी ई–फार्मले खसी मेला सुरु गरेको छ । ललितपुर धापाखेलमा चलिरहेको खसी मेलामा उपभोक्ता आफैँले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने कम्पनीले जनाएको छ । 
साथै ई–फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी छनोट गरी अर्डर गर्न सक्नेछन् ।

उपभोक्ताले बिहान ५ बजेदेखि राति १२ बजेसम्म जुनसुकै समयमा फाेन गरेर खसी तथा कुखुरा अर्डर गर्न सक्नेछन् । असोज २५ गतेदेखि सुरु भएको खसी मेला कातिक ९ गतेसम्म चल्नेछ ।   उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने कम्पनीले जनाएको छ । 

ई–फार्मले केही हप्ताअघि देखि नै अनलाइनबाटै प्रि–बुकिङ सुरु गरेको थियो । त्यस्तै जिउँदो खसी र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले तीन किलोभन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ ।
धनकुटा, बैतडी, उदयपुर, सल्यानलगायतका पहाडी जिल्लाबाट ल्याएको खसी, नुवाकोटको कुखुरा ई–फार्ममा पाइनेछन् ।

दुई वर्ष अगाडि खसी र च्याङ्ग्रा बिक्री गर्दै ई–फार्म सुरु भएको थियो । त्यसपछि अन्य कृषि उत्पादनहरूलाई थप्दै ई–फार्मको सेवा विस्तार भइरहेको छ । 

अर्डरका लागि यहाँ क्लिक गर्नुहाेस् । 

अन्तिम अपडेट: फागुन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया